समाचारसाहित्य सिर्जना

बराहक्षेत्रमा प्रज्ञा कविता उत्सव हुँदै

२५ फेब्रुअरी, सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र सुनसरीको आयोजनामा प्रज्ञा कविता उत्सव हुने भएको छ । राष्ट्रिय कविता महाेत्सव २०८० का दश विजेताहरूलाई एउटै मञ्चमा उतार्दै उत्सव आयोजना हुन लागेको हाे ।

नेपाल प्रज्ञा प्रतिष्ठानकाे सहकार्यमा शनिबार बराहक्षेत्र नगरपालिकाकाे चक्रघट्टीमा हुने उत्सवमा गत असारमा काठमाडौंमा सम्पन्न प्रतियोगितामा छानिएका १० उत्कृष्ट कविहरूले सिर्जना वाचन गर्नेछन् । प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाली भाषाका उत्कृष्ट उमेश पुन, कृपाकरुणा पोखरेल, जीवन आरोही, तीर्थराज विश्वकर्मा, नवीन अभिलाषी, प्रकाश दिप्साली राई र राधिका कल्पित, डोटेली भाषातर्फ उत्कृष्ट खिमानन्द जोशी र पूर्णानन्द ओझा तथा खाम मगर भाषातर्फ टंकबहादुर झाँक्री मगर (समीप बैरागी) ले कविता वाचन गर्ने कार्यक्रम संयोजक छविना लुङ्गेली मगरले जनाइन् ।

महाेत्सवका विजेतासँगै अतिथि कविहरूमा रेखा सुवेदी, राेशन परियार, भीम विरही राई र विराट किरातीले कविता सुनाउनेछन् । त्यस्तै, स्थानीय सर्जकहरूमा ज्ञानु राई, सविता फागाे चाेङवाङ, लक्षमण कटुवाल, राजन इशारा र वर्षा भण्डारी रहेका छन् ।

वाचित कविताहरूउपर प्राज्ञ राजन मुकारुङ र कवि मनु मञ्जिलले बाेल्नेछन् । कार्यक्रममा कलाकारहरू निरज राई, विनीता राई र राजेश परियारको प्रस्तुति रहनेछ । पूर्वी पहिलो खबर अफिसियल मिडिया रहेको कार्यक्रमअघि प्रभात फेरीसहित नगर परिक्रमा पनि गरिने आयोजक समितकी सदस्य दीपा मग्रान्तिले जनाइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button