समाचार

पार्टीनिकट युवालाई प्रशिक्षण दिँदै जसपा

काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने लागेको छ । पार्टीले जनकपुरस्थित रमण टावरमा आज (शनिबार) देखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको प्रचार प्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रचार प्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख बस्नेतका अनुसार जसपाले पार्टीको प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न गरी भ्रातृसङ्गठनको प्रशिक्षण गर्न लागेको हो । समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु प्रशिक्षकको रुपमा रहने छन् ।

सङ्गठनका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारी तथा सदस्यहरु गरी करिब एक सय तीस जना प्रतिनिधि प्रशिक्षणमा सहभागी हुने समाजवादी युवा संघका महासचिव दिलिप पटेलले जानकारी गराएका छन् । महासचिव पटेलका अनुसार प्रशिक्षण अहिले केहीबेरमा सुरु हुँदै छ । जसपाले यस अघि महिला सङ्गठनका पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button