समाचार

पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दा वार्ताबाट समस्याको निकास खोजिनुपर्ने – कोइराला

मोरङ, २८ मङ्सिर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा शेखर कोइरालाले पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले ‘नेकांको पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने’ नारालाई साकार गर्न वार्ता एवं छलफलबाट निकास निस्कने बताउनुभयो । उहाँले ढुङ्गामुढा गरेर समस्या समाधान नहुने भन्दै आफ्नो पार्टीले कोशी प्रदेशमा अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन खोजेपछि विद्रोह गरिएको दाबी गर्नुभयो । केन्द्रीय सदस्य कोइरालाले सुशासन प्रवद्र्धनमा जोड दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button