समाचार

माओवादीको विधान सम्मेलन फागुनमा

काठमाडौँ, ५ पुस : नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ ।

बैठकले सात सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको पार्टी सचिव गणेश साहले राससलाई जानकारी दिनुभयो । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय साह र सुरेन्द्र कार्की रहनुभएको छ । समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गर्नेछ ।

बैठकले यही पुस १६ गते सबै स्थानीय तहमा जनपरिचालन गरेर पार्टी रुपान्तरण अभियानको समापन गर्ने निर्णय गरेको सचिव साहले जानकारी दिनुभयो । माओवादीले गत भदौ १६ गतेदेखि रुपान्तरण अभियान सञ्चालन गरेको थियो । बैठकले रुपान्तरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button