अन्तर्राष्ट्रिय

चेक गणतन्त्रमा अवकाशको उमेर बढाइयो

प्राग, १८ वैशाख (रासस/एएफपी) :
चेक गणतन्त्रले अवकाशको उमेरलाई ६५ बर्षभन्दा माथि पु¥याएको छ ।

प्रधानमन्त्री पेट्र फियालाले वृद्ध समाजको आवश्यकतालाई सम्बोधन गर्न निवृत्तिभरण उमेर ६५ वर्षभन्दा माथि पु¥याउन पेन्सन सुधार कार्यक्रमलाई मङ्गलबार अनुमोदन गरेको बताउनुभएको छ ।

सन् २०२५ मा लागू हुने गरी गरिएको यो सुधार सरकारको बहुमत भएको संसद्मा पेश गरिनेछ ।

फियालाले पत्रकारहरूसँग भन्नुभयो, “यो सुधारले तीस र चालीस वर्ष काटेका मानिसहरूलाई सम्मानजनक पेन्सन सुनिश्चित गर्नेछ ।”

उहाँले भन्नुभयो, “यदि हामीले यसलाई स्वीकृत नगरेको भए यो प्रणाली दिगो हुने थिएन र यो चाँडै नै धराशायी हुने थियो ।”

सन् १९७१ पछि जन्मेका व्यक्तिहरूको अवकाश उमेर ६५ वर्ष तोकिएको छ । सुधार पछि, सेवानिवृत्तिको उमेर जीवन प्रत्याशाको साथ बढ्नेछ र प्रत्येक वर्ष ५० वर्ष पुगेका व्यक्तिहरूको लागि तय गरिनेछ ।

सुधारले चेक गणतन्त्रले औसत २१.५ वर्ष सेवानिवृत्तिमा बिताउने अनुमान गरेको छ ।

सरकारले सन् २०५० मा सुधारपछि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को एक प्रतिशत घाटामा पेन्सन खाता सञ्चालन हुने अपेक्षा गरेको छ ।

फियालाले भन्नुभयो, “सन् २००० मा हामीले प्रति पाँच जनालाई एक जना अवकाशप्राप्त व्यक्ति हेर्ने जिम्मा दिएका थियौँ । यो स्पष्ट छ कि हामीले केही गर्नैपर्छ । त्यसैले सन् २०५० मा हामीले प्रति दुई जनालाई एक जना अवकाशप्राप्त व्यक्ति हेर्ने जिम्मा दिनुपर्नेछ ।”

सुधारसँगै न्यूनतम पेन्सन औसत पारिश्रमिकको २० प्रतिशत पुग्नेछ ।

यो सुधारले जोखिमपूर्ण काम गर्ने व्यक्तिहरूलाई पाँच वर्ष अगावै सेवानिवृत्त हुन पनि अनुमति दिएको छ ।

चेक गणतन्त्र एक करोड ९० लाख जनसङ्ख्या रहेको एक ईयू सदस्य राष्ट्र हो । यसको अर्थव्यवस्था कार उत्पादन र यूरो क्षेत्रको निर्यातमा निर्भर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button