समाचार

सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोगका लागि धन्यवाद

काठमाडौँ, २७ भदौ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा उहाँहरूबीच दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । राजदूत भोल्कले जलवायु परिवर्तन, लैङ्गिक समानता, पछाडि परेका वर्गको उत्थान साथै नेपालको पर्यटन क्षेत्रको विकासका लागि अष्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताउनुभयो । नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया एक शैक्षिक गन्तव्य भएको उल्लेख गर्दै उहाँले नेपाली विद्यार्थीको शिक्षा र सुरक्षाका लागि पनि अष्ट्रेलिया सरकारले काम गरिरहेको बताउनुभयो ।

भेटमा उपाध्यक्ष श्रेष्ठले अष्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताउनुभयो । –––

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button