युके विशेष

किरात धर्म युकेको नेतृत्वमाः खिम्दिग र लावतीको दाबी

लण्डन,
गत १० फेब्रुवरी २०२४ का दिन किरात धर्म तथा साहित्य उत्थान संघ युकेको आगामी नेतृत्वको निमित्त वर्तमान दुई उपाध्यक्षले दाबी गरेका छन ।

संघको चौथो अधिवेशन तयारी बैठकमा दुई उम्मेदवारले दाबी प्रस्तुत गरेका हुन । अधिवेशन आउदो २३ मार्चका दिन युकेको अल्डरसटमा हुने भएको छ ।

दुबै उम्मेदवारको दाबी यथावत रहेको कारण दुबैको नाम अब किरात धर्म तथा साहित्य उत्थान संघ, केन्द्रीय समिति नेपालमा पठाईने छ र धर्मगुरु आत्मानन्द ज्यूले एकजना चयन गर्नुहुनेछ । समितिको कार्यकाल ५ बर्ष रहदै आएको कारण अब घटाएर ३ बर्ष बनाउने पनि निर्णय गरेको छ तर सो निर्णय संघको नेपाल केन्द्रीय समितिले अनुमोदन गर्नुपर्नेछ ।

युकेमा रहेका किरात धर्मलम्बिहरुको सामुहिक प्रयोजनको निमित्त माङहिम निर्माण अथवा खरिदको निम्ति करिब १ लाख पाउण्ड कोषमा जम्मा भईसकेको छ । आउदो अधिवेशनमा प्रस्तुत हुने सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन उपर आन्तरिक छलफल गर्यो । प्रतिवेदनमा प्राप्त सुझावहरुलाई समाहित गरेर अन्तिम प्रतिवेदन तयार गरिनेछ ।

धर्मसभाको अध्यक्षता संघ युकेका अध्यक्ष राम सिंङ्थेबेले गरेका थिएभने स्वागत मन्तब्य उपाध्यक्ष नन्दा चेम्जोङबाट, संचालन सचिव लाल लिंगदेन र सहसचिव पर्वत राईले गरेका थिए । सन् २००९ को जुलाई १९ मा स्थापित उत्थान संघले प्रभावकारी ढंगबाट धेरै काम गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button