समाचार

चुम्लुङ जापानले कःफ्के़क्वा तङ्नामका अवसरमा साँस्कृतिक कार्यक्रम गर्दै

१४ जनवरी, टाेकियाे । किरात याक्थुङ चुम्लुङ, जापानले कःफ्के़क्वा तङ्नाम- ५०८४ को अवसर पारेर ‘शुभकामना आदान प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ ।

२०२४ जनवरी १४ तारिख आइतबार विहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा हुने कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र विभागका निवर्तमान प्रमुख एवम् क्योतो युनिभर्सिटीका भिजिटङ एसोसिएट प्रोफेसर मानवशास्त्रि डा. डम्बर चेम्जोङको प्रमुख आतिथ्यता रहनेछ । साथै, आतिथ्यका लागि जापानमा क्रियाशिल सबै संघसंस्थाका प्रमुखहरूलाई निमन्त्रणा गरिएको महासचिव मुक्साम लाओतीले बताए ।

कार्यक्रममा लामो समयदेखि याक्थुङ भाषिक पत्रकारितामा क्रियाशिल एवम् गोरखा पत्र राष्ट्रिय दैनिक पत्रिकाको याक्थुङ पृष्ठ संयोजक अमर तुम्याहाङ र नेपालबाट चुम्लुङ, जापानका गतिविधिहरू प्रचार प्रसारमा सहयोग पुर्याउने द मार्जिन अनलाइन न्यूजलाई जनही रू.२० हजार र सम्मान पत्र प्रदान गरेर ‘किरात याक्थुङ चुम्लुङ’ जापान पत्रकारिता पुरस्कार- २०२३’ अर्पण गरि सम्मान गरिने छ ।

यसैगरी नेपालको पूर्वी क्षेत्र लिम्बुवानमा बुनिने थाका कपडाको बारेमा अध्ययन अनुसन्धान गरि अनुसन्धानमूलक लेखहरू प्रकाशन गर्दै आउनु भएका क्योतो युनिभर्सिटीका एसिस्टेन्ट प्रोफेसर डा. युको ताकामिची र नेपालका आदिवासीहरूको मौलिक सांस्कृतिक अधिकार संरक्षणका लागि भइरहेको आन्दोलनलाई अध्ययन अनुसन्धान गर्दै आउनु भएका पीएचडी शोधार्थी साया आराकीलाई कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम तय भएको छ ।

त्यसैगरी नेपाली गीत सङ्गीतलाई जापानमा प्रवर्द्धन गर्न योगदान दिइरहेका युवा गायकहरू एजिन राई र प्रजन महर्जन साथै कलाकारिताका माध्यमबाट योगदान दिइरहेका कामना फगामी मगरलाई जनही १० हजार र कदर पत्र प्रदान गरि सम्मान गरिने कार्यक्रम छ । साथै, गायक चिरन लाबुङलाई कदर पत्र प्रदान गरि सम्मान गरिनेछ ।

कार्यक्रममा वरिष्ठ गायक अटल तुम्बापो, गायकहरू एजिन राई, प्रजन महर्जन, चिरन लाबुङको विशेष साङ्गीतिक प्रस्तुति हुनेछ । साथै, चर्चित कलाकार कामना फगामी मगरको बेजोड नृत्य प्रस्तुति रहने छ । साथमा केलाःङ, यालाःङ नाच प्रस्तुत हुने आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button