समाचार

जसपा सिरहा जिल्ला इन्चार्ज यादवको निधन

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का सिरहा जिल्ला इन्चार्ज बादल यादवको शनिवार राति निधन भएको छ ।

सिरहा नगरपालिका १२ हकपाराका अन्दाजी ६५ वर्षीय यादव राति खाना खाएर सुतेका थिए । तर बिहान बेडमै मृत अवस्थामा भेटिएको उनका आफन्त अमित यादवले जानकारी दिए ।

मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका यादव जसपाका जिल्ला अध्यक्ष समेत भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button