समाचार

अध्यक्ष राउतसहितका कार्यकर्ता केही समय नियन्त्रणपछि रिहा

काठमाडौँ, १५ पुस : निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् ।

प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका राउतसहित सो पार्टीका ६३ जनालाई प्रहरीले हिरासतमा लिएको थियो । उनीहरुले काठमाडौँको नयाँ बानेश्वरबाट माइतीघरतर्फ पदयात्रा गरिरहेका बेला निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिइ नेपाल प्रहरी क्लबमा राखिएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ सो क्लबमा आफै पुगी अध्यक्ष राउत, मन्त्री अनिता देवी र प्रदर्शनमा सहभागी सबैलाई रिहा गर्न आदेश दिनुभएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नमिल्ने भएकाले काठमाडौँ प्रहरी परिसरले हिरासतमा लिएको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button