युके विशेष

‘याक्थुङलाजे (लिम्वुवान) पून:स्थापनाको वाटो’ पुस्तकमाथि अन्तरक्रिया हुने

लण्डन,
आउदो १२ मे २०२४, आईतवारको दिन लेखक युमाहाङ पालुङवा याक्थुङ उर्फ दिल पालुङवा याक्थुङद्वारा अवधाराणित पुस्तक याक्थुङलाजे(लिम्वुवान) पून:स्थापनाको वाटो पुस्तकमाथि आसफोर्ड टाउन सेन्टर स्थित सगरमाथा हलमा विचार विमर्श तथा अन्तरक्रिया हुने भएको छ ।

युकेमा रहेका लेखक, पत्रकार, याक्थुङविद लगायत प्रवुद्ध व्यक्तिहरुको उपस्थितिमा हुने यस कार्यक्रमले याक्थुङलाजे (लिम्वुवान) पून:स्थापनाको लागि पुरानो वाटोहरुको अलावा नयाँ वाटो तय गर्ने र सो वाटोवाट याक्थुङलाजे (लिम्वुवान) पून:स्थापना हुने कुरामा कोशे ढुंगा हुने कुरा लेखक युमाहाङ पालुङवा याक्थुङ वताउनु हुन्छ ।

लेखक याक्थुङलाजे याक्पङगेबा सङ्जुम्भो अर्थात लिम्वुवान राष्ट्रिय मोर्चाको अध्यक्ष हुनुहुन्छ भने यो अवधारणा उहाकै पार्टिको अवधारणालाई उहाले आफ्नो विचारहरु राख्दै पुस्तक तयार पारेको वताउनुभएको छ ।

– येहाङ्सा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button