समाचार

खेलकुद मन्त्री लिम्बूलाई पत्नी वियोग

काठमाडौं, पुस २७। सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी वियोग परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको बिहीबार राति ८ बजे ५८ वर्षको उमेरमा निधन भएको हो ।

लामो समय देखि कलेजोको क्यान्सरबाट पीडित लिम्बूको मोरङको लेटाङ–६ , गुवाबारी स्थित आफ्नै घरमा निधन भएको हो । लिम्बुको पार्थिव शरीर लिम्बू परम्परा अनुसार शुक्रवार अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताए। लिम्बूका १ छोरा र १ छोरी छन् ।

मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो । मोरङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित लिम्बू नेपाली काङ्ग्रेस मोरङको सभापति समेत हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button