स्थानीय

प्रेस स्वतन्त्रता सेनानी सम्मान चौधरीलाई

काठमाडौँ, १३ पुस स् यस वर्षको ‘सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान २०८०’ बाट गोरखापत्रका उपसम्पादक लक्की चौधरी९लोकबहादुर चौधरी० लाई सम्मानित गरिएको छ ।

उहाँलाई रु २५ हजार र सम्मानपत्र प्रदान गरिएको छ । नेवा ः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०८ औं जन्मजयन्तीका अवसरमा आज ललितपुरमा आयोजित समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा एभिएम ९आदर्श विद्या मन्दिर० का प्रिन्सिपल सुजिता मानन्धरले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

त्यस अवसरमा सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगितामा विजयी टिमलाई पनि सम्मानित गरिएको थियो । प्रतियोगितामा नेवा स् पत्रकार राष्ट्रिय दबूको चितवन शाखा प्रथम र काठमाडौं शाखा दोस्रो र नेवा स्कलाकार टिमले तेस्रो स्थान प्राप्त गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button