समाचार

समाचार लेखनबारे फोनिज यूकेको तालिम

२५ नोभेम्बर, लन्डन । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) यूकेको आयोजनामा एक दिने समाचार लेखन तथा उत्पादन तालिम सम्पन्न भएको छ । पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फोेनिजले भर्चुअल रूपमा तालिम आयोजना गरेको हो ।

समाचार लेखन तथा सम्पादनबारे नेपालबाट पत्रकार श्याम राना मगरले तालिम दिएका थिए । उनले समाचार लेखनबारे आधारभूत सिद्धान्तसँगै पछिल्लो प्रवृत्तिबारे प्रस्तुति दिएका थिए । उनी रे टेलिभिजनका समाचार संयोजक समेत हुन् । तालिमपश्चात् सहभागीहरूले उठाएका प्रश्नबारे प्रशिक्षक मगरले आफ्नो धारणा दिएका थिए ।

फोनिज यूके अध्यक्ष गोमा राना मगरको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव लिला सेलिङ माबोले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष नरेश खपाङ्गी मगर, फोजिन पूर्व अध्यक्षहरू किरण टी लिम्बु, विश्वासदीप तिगेला, प्रमिला लाबुङ राई, सचिव माहा राई, नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, लिम्बु पत्रकार संघ यूके अध्यक्ष अमित थेवे, शीतलपाटी डटकमका वाचस्पति रेग्मी, गीतकार एकिन्द्र गुरूङ, साहित्यकार जीत बुढाथोकी छन्त्याल, भूपू ब्रिटिस सैनिकका अधिकारकर्मी होम किरात सुनुवार, बम थापा सूर्यवंशी, वीर बलाल, टेक थापा, डेविड गुरूङ, प्रकाश गुरूङ, तेज माबो सहभागी भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button