मनोरञ्जनसमाचार

‘कुहेक्सिं सेन्मुइ’ पा:लामकाे भिडियो सुट सम्पन्न

२९ मे, चाैबिसे (धनकुटा)। याक्थुङ भाषाका वरिष्ठ साहित्यकार येहाङ लाओेतीद्वारा लिखित पा:लाम ‘कुहेक्सिं सेन्मुइ’ काे भिडियो छायांकन सम्पन्न भएको छ । आइतबार धनकुटा चाैबिसेकाे राजारानीमा छायांकन पूरा भएको हाे ।

पा:लाम गायिका दुर्गा तुम्साले निर्देशन गरेको भिडियोकाे छायांकन धनकुटाकाे राजारानीमा गरिएको छ । गीतमा तुम्सा र अमर याेङहाङकाे स्वर रहेको छ । किङ काठमाडौं र काव्य दमकमा रेकर्डिङ गरिएको पा:लाममा राजु कार्कीको सङ्गीत सम्योजन, लय सङ्कलनमा अमर याेङहाङ, काेरसमा उदय बेघा रानी चाेङवाङ छन् ।

भिडियोकाे छायांकन शिर कुमार राई र दिनेश राईले गरेका छन् । श्रङ्गारमा महेश सिग्देल र भेषभूषामा चाैबिसे सङ्यक ढाका उद्योगकी यमुना तुम्सा सङ्यक रहेका छन् ।

भिडियोमा फिल्म निर्देशक हाङ चेम्जोङ, पवि तेम्बे, आयुष चेम्जोङ, कविता वनेम, दिपेन्द्र राई , सुमन खेवा, स्मृति चेम्जोङ र चन्द्र तुम्साहरूले अभिनय गरेका छन् ।

Related Articles

Leave a Reply

Back to top button