NRNA Special

एनआरएनएको स्पोर्ट्स टुरिजम गोष्ठी, प्रधानमन्त्रीको संदेश, राज्यमन्त्री र ३ देशका राजदूतहरु सहित हुदै

कोरिया,
कोरियाको राजधानी सउलमा फेब्रअरी ६, २०२४ मंगलबारका दिन 2024 Sports Global Tourism विषयक एक दिने गोष्ठी आयोजना हुन गैरहेको छ। गोष्ठीलाइ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) दक्षिण कोरियाले सहजकर्ताको भूमिका निर्वाह गरेको छ।

गोष्ठी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल एनआरएन फाउण्डेशन, एनआरएनएका पूर्व अध्यक्ष डा शेष घले र पूर्व आइसीसी सदस्य जमुना घले गुरुङद्वारा स्थापित-संचालित एमआइटी ग्रुपको एमआइटी फाउण्डेशन र नेपाली राजदूतावास दक्षिण कोरिया, कोरियाको हानयाङ्ग युनिभर्सिटीकोद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो।

गोष्ठी सफलताको लागि नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमाल दाहालले शुभकामना संदेश समेत दिनुभएको छ।

गोष्ठीका प्रमुख आकर्षकहरुमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदुत कार्यक्रममा महामहिम राजदूत डा. ज्योती प्याकुरेल भण्डारी, द. कोरियाका लागि पाकिस्तानी महामहिम राजदूत नबिल मुनिर, द. कोरियाका लागि कम्बोडियाका महामहिम राजदूत चिरिङ्ग बटुम राङ्ग्से, नेपालको राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव टंक लाल घिसिङ समेत हुनुहुनेछ।

कार्यक्रमलाइ गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनोद कुँवर, पूर्व अध्यक्ष तथा पूर्व प्रमुख संरक्षक डा. शेष घले, MIT Group Foundation की डाइरेक्टर जमुना घले गुरुङ, हन्याङ विश्वविद्यलयका प्रेसिडेन्ट डा. की जङ लीले संबोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यकर्ममा गैरआवासिय नेपाली संघका उपाध्यक्षहरु भोमा लिम्बु, थर्क सेन, सचिव जुनु गुरुङ, प्रवक्ता प्रकाश धमला, यूथ एम्बासडर दिपेश खत्री, सल्लाहकारहरु एनसी शेर्पा, श्याम तामाङ कोरिया पुगिसक्नु भएको छ। यसका साथै एनसीसी कोरियाका पदाधिकारी र कोरियामा रहेका एनआरएनहरु, संघ-संस्थाका प्रतिनिधिहरु, नेपाली र कोरियन संचारकर्मी र पत्रकारहरु समेत उपस्थित हुनुहुनेछ।

नेपाल साहसिक खेलहरुको लागि विश्व खेलप्रेमीहरुको गन्तव्यको रूपमा विकसित हुँदै गइरहेको र खेल पर्यटनको उच्च संभावनाहरु रहेकोले यस्ता गोष्ठीहरूको आयोजना अपरिहार्य रहेको पुष्टि हुन्छ। तसर्थ यस गोष्ठिको प्रमुख उद्देश्य खेल पर्यटनसंग सम्बन्धि क्षेत्रको ज्ञान, सीप र प्रविधि अनुभव आदानप्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि एक गतिशील प्लेटफर्म स्थापित गर्ने रहेको छ।


गोष्ठीमा खेल, पर्यटन, सामाजिक, आर्थिक, ग्रिन हाइड्रोजन लगायत अन्य सम्भावित विषयहरूमा कोरिया लगायत अन्य देशबाट आफ्नो शोध, खोज अनि अनुभव समेटेर विज्ञहरुले कार्यपत्र प्रस्तुत हुनेछन।

यस कार्यक्रममा विशेष गरी नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक विकासको लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने र खेल पर्यटन तथा राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूको अनुभव आदानप्रदान गर्ने अवसर भएकोले सम्पूर्ण कोरियावासी नेपाली समुदायलाई कर्यक्रममा उपस्थित भइ सहयोग पुर्याइदिनुहुन कार्यक्रम आयोजकले अनुरोध गरेको छ ।

– संगीता कार्की

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button