अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जना पक्राउ

काभ्रेपलाञ्चोक, २६ भदौ । अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका-४ चलालगणेशस्थान घर भई हाल धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियार रहेका छन् ।

पाँचखाल नगरपालिका-१२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलोमा ४/५ जनाको अपरिचित समूहले अपहरण गरी बन्धक बनाई ५० हजार रुपैयाँ माग गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही दिन बेलुका बनेपा नगरपालिका-१० बुडोलबाट राजकुमारलाई सकुशल उद्दार गरेको थियो ।
उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार प्रह%Bीले पक्राउ गरेको हो ।