राजनीति
धनकुटामा फराकिलो मतान्तर बनाउंदै एमालेका राई

धनकुटा,२३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता कायमै राखेका छन् ।
हाल सम्म सम्पन्न मतगणना परिणाम अनुसार एमालेका राईले १०८५३ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर राईले ७५२६ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले ६६७९ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ५९९१ मत प्राप्त गरेका छन् ।




