युके विशेष

रसमोर नेपाली कम्युनिटीद्धारा नेपाली भाषा कक्षा सन्चालनबारे छलफल

गोमा राना, अल्डरसट,
गत १७ डिसेम्बर २०२३ का दिन ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) को ११ औं कार्य समितिबाट नव निर्वाचित कार्यसमितिको पहिलो बैठक मान गुरुङको अध्यक्षतामा सम्पन्न भयो ।

आइतबार फार्नबरोको गोर्खा प्यालेस रेस्टुरेन्टमा नव निर्वाचित कार्य समिति एक आपस परिचयका साथ शुभारम्भ भएको हो । बैठकमा जिआरएनसीको लक्ष्य, उदेश्य, सस्कृती स्वास्थ सम्बन्धि भावी योजनाको बृहत छलफल भएको थियो।

अध्यक्ष गुरुङ्ले वार्षिक योजना कार्यक्रमहरु नयाँ वर्ष, अन्तर्राष्ट्रिय महिला दिवस, भिक्टोरिया डे, वेल्ज्ली १० के रन, अन्तरास्ट्रिय फुड फेष्टिभल आदिको बारेमा मिति तय र सम्योजक निर्धारण गर्दै अन्य विभिन्न सकारात्मक कुराहरु राखेका थिए ।

नानीहरुलाइ नेपाली भाषा कक्षा सन्चालन गर्न अत्यावश्यक भएको र यस तर्फ विशेष जोड दिने बारे बैठकमा छलफल भएको थियो।

जीआरएनसी नेपालीहरुको अत्यधिक जनघनत्व भएको सस्था हो र सबै संघ सस्था स्थानीय काउन्सिलसंग सहकार्य गर्दै आइरहेको छ।

मान गुरुङ्को अध्यक्षतामा भएको कार्यसमितिको बैठकमा महासचिव सुशीला थापा मगरले हेल्थ एन्ड सेफ्टी बारे र उपाध्यक्ष उत्तर गुरुङ्ले स्वागत मन्तव्य राखेका थिए भने कोषादक्ष श्याम श्रेष्ठले छोटकरीमाआर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Related Articles

Leave a Reply

Back to top button