महामन्त्री मुनिन्द्र नेम्बाङसहित जनसम्पर्क समिति अमेरिकाका अधिकांश प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा

११ जनवरी, न्यूयाेर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाका अधिकांश महाधिवेशन प्रतिनिधिहरू नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनकाे पक्षमा देखिएका छन् । माहाैल परिवर्तन हुँदै गएपछि प्रतिनिधिहरू अधिवेशनकाे समर्थनमा निस्केका हुन् ।
विशेष महाधिवेशन माग गर्ने २४८८ निवेदक कर्तामा हस्ताक्षर नगरेका महाधिवेशन प्रतिनिधिहरू पनि अहिले खुलेर नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा देखिएका छन् ।
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका र देखिएका नेपाली जनसम्पर्क समिति अमेरिकाका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधीहरूमा महासमिति सदस्यहरू मुनिन्द्र नेम्बाङ, धनन्जय नरसिंह केसी, महाधिवेशन प्रतिनिधहरू विष्णु सुवेदी, यादव पण्डीत, सुवास लामा, रामशरण हुमागाई, अमृत भट्टराई, लक्ष्मी कार्की रहेका छन् । साथै भर्खरै निर्वाचित भएका बहुसंख्यक च्याप्टर सभापति र कार्यसमितिका सदस्यहरू पनि खुलेर विशेष महाधिवेशनको पक्षमा देखिएका छन् भने केन्द्रीय समितिका बहुमत सदस्यहरू पनि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा देखिएका छन ।
त्यतिमात्र होइन अमेरिकामा रहेका प्राय सबै कांग्रेसनिकट अग्रज एवं जनसम्पर्क समितिमा आबद्ध सदस्यहरू विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । पछिल्लो घटनाले कांग्रेसकाे रूपान्तरण नीति र नेतृत्व दुवैमा युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्दै गएको सङ्केत गरेको छ ।




