बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन

काठमाडौं, १८ जेठ । आज (आइतबार) विहान बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । बरिष्ठ कलाकार ठकुरीको एकान्त कुनास्थित आफ्नै निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो ।

कलाकार ठकुरीको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी गराइएको छ । उनी आफ्नो श्रीमति र एक छोरीसँगै बस्दै आएका थिए । लामो समयदेखि उनी प्रेसर तथा सुगरलगायतका रोगबाट ग्रसित थिए ।

कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय ह्विलचेयर मार्फत विभिन्न कार्यक्रमहरुमा सहभागी हुदै आएका थिए ।

‘जीवन रेखा’ फिल्मबाट करियर सुरु गरेका ठकुरीले १०० हाराहारी फिल्ममा काम गरेका थिए । त्यस्तै, दर्जनौं टेलिसिरियल तथा म्युजिक भिडियोमा काम गरेका थिए । त्यस्तै, उनले कयौं विज्ञापनहरुमा समेत अभिनय गरेका थिए ।