राजनीतिसमाचार

एमाले महाधिवेशनः मतदान सुरु

काठमाडौँ, २ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गर्नुभएको छ ।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन् । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

Related Articles

Back to top button