सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ एक दिनमै ९५ करोडले हेरे

दिल्ली, साउन १५ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ २४ घण्टामा ९५ करोडले हेरेका छन्।

इन्डिया टुडेका अनुसार गत जुलाई २४ मा अनलाईन प्लेटफर्म डिज्नी हटस्टारमा रिलिज भएको यस चलचित्रलाई २४ घण्टाभित्रै ९५ करोडपटक हेरिएको थियो।

भारतमा न्युनतम २ सय रुपियाँमा चलचित्र हलमा फिल्म हेर्न पाइन्छ।

यदी यस चलचित्र फिल्महलमा रिलिज भएको भए यस चलचित्रले एकै दिनमा २ हजार करोड रुपियाँको व्यापार गर्ने थियो।

गत जुन १४ मा सुशान्त सिंह राजपुतले आत्महत्या गरेका थिए। उनको मृत्युको कारणबारे हाल अनुसन्धान भइरहेको छ।