समाचार

‘नीलाे प्रेम’ उपन्यासको इटहरीमा छलफल

०९ डिसेम्बर, इटहरी । पछिल्लो समय चर्चामा आएको उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले प्रदेश एकको इटहरीमा स्वागत गरेको छ ।

इटहरीस्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो ।

माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्रसाद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जीपी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो ।

भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो ।
लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोलेका थिए ।

नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गरेेका थिए ।

कार्यक्रममा लेखकको हस्ताक्षरसहित पुस्तक बिक्री गरिएको थियोे । भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ ।

Related Articles

Back to top button