समाचार

इजरायलले परिवारलाई दियो विपिन जीवित नरहेको जानकारी

काठमाडौं, असोज २७ । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक घोषणा गरेको गरेको छ।

स्थानीय समय अनुसार आज बिहान ७ बजे विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको हो । बन्धक बनाइएका ४८ जना मध्ये केवल २० जना जीवित भएको हमासले जनाएको छ। इजरेल र हमासबीच सङ्घर्षविराम भएपछि सोमवारदेखि बन्धकहरू मुक्त गर्न थालिएको छ।

इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार हमासले पहिलो खेपमा सात इजरेली नागरिकलाई हस्तान्तरण गरेको छ। तर, विपिन जोशीको नाम जीवित वा मृत कुनैपनि बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए। आईडीएफले नेपालमा रहेका विपिनका ठूलोबुवाका छोरा किशोर जोशी, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा र राजदूत पण्डितलाई ग्रूप कलमा सहभागी गराएर इजरेली सरकारका प्रतिनिधिले पछिल्लो उक्त जानकारी दिएको राजदूत पण्डितको भनाई छ ।

चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए। उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिम पुगेका थिए । कार्यक्रमका गएका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । त्यहि समयमा जोशी अपहरणमा परेका थिए ।

Related Articles

Back to top button