समाचार

प्रहरीका चार एआईजीको पदस्थापन

काठमाडौँ । नेपाल प्रहरीका चार जना एआईजीहरूको पदस्थापन गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह लगाएपछि पदस्थापनको पत्र दिइएको हो ।

एआईजी सुशिलसिंह राठौरलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ । उमाप्रसाद चतुर्वेदीलाई कार्य विभाग, हिमालय कुमार श्रेष्ठलाई प्रशासन विभाग र डम्बरबहादुर बिकलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

असोज १२ मा बढुवा समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Related Articles

Back to top button