तेह्रथुममा स्थापना हुने सिरिजङ्गा पाण्डुलिपि विज्ञानालयबारे धरानमा छलफल
सिरिजङ्गा थेबेलाई राष्ट्रिय विभूति बनाउनुपर्ने धारणा

२७ अगष्ट, विजयपुर । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित चाे?लुङ पार्क परिसरमा स्थापना हुन लागिरहेको सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय (सिरिजङ्गा अभिलेखालय) बारे धरानमा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रबुद्ध वर्गहरूबाट सुझाव सङ्कलन गर्न धरानमा नगरपालिकाले अन्तरक्रियात्मक गाेष्ठी राखेको थियोे ।
गत साउन १७ गते काठमाडौंमा समेत पहिलोपटक सुझाव सङ्कलन कार्यक्रम भएको थियोे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ साहित्यकार वैरागी काइला (तिलविक्रम नेम्वाङ)काे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रबुद्ध वर्ग, प्राज्ञिक व्यक्तित्व, राजनीतिक दलका नेता, भाषिक, साँस्कृतिक अभियन्ता, सराेकारवाला पक्षको उल्लेख्य उपस्थिति रहेको थियोे ।

शनिबार प्रदेश एकका प्रदेश प्रमुख परशुराम खापुङकाे प्रमुख आतिथ्यमा लालीगुराँस नगरपालिकाले धरानको हाेटल रत्न इनमा आयोजना गरेको कार्यक्रममा मेयर एवम् याक्थुङ मुन्धुम तथा इतिहासका खाेजकर्ता अर्जुनबाबु माबुहाङबाट अवधारणा पत्र प्रस्तुत भएको थियोे ।
कार्यक्रममा प्रदेश एकका प्रमुख खापुङले सिरिजङ्गा पाण्डुलिपि विज्ञानालयकाे स्थापनाले इतिहासकाे उत्खनन, संरक्षण र अभिलेखिकरणमा महत्त्वपूर्ण याेगदान पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय भइरहेको छलफल र बहस सकारात्मक भएको तर मर्यादित र सभ्य हुनुपर्नेमा जाेड दिए । उनले मेयर माबुहाङले परिकल्पना गरेको सिरिजंङ्गा पाण्डुलिपी विज्ञानालय स्थापनाले चो?लुङ पार्कको ऐतिहासिकतासँगै सिरिजंगा लिपीको विषयमा जानकारी हुने बताउदै उहाँको परिकल्पना अत्यन्तै सुन्दर भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा प्रदेश एकका सांसद एवम् नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले प्रदेशमा दुई वटा भाषालाई सरकारी कामकाजका भाषका रुपमा अगाडि बढाइएको जानकारी दिँदै अहिले यहाँ सिरिजंङ्गा लिपीका विषयमा ‘किरात’ शब्दमाथि धेरैलाई विमति भएको पाइएको बताए । संसदबाटै पारित हुन लागेको ‘किरात सिरिजंङ्गा लिपी’का विषयमा उनले शब्दको पछाडि नलागी भएको उपलब्धीलाई आत्मसात गरेर पछि यसलाई छलफलमा राख्नुपर्नेमा जोड दिए ।

अन्तरिक्रया कार्यक्रममा प्रदेशकी पूर्व पर्यटन तथा संस्कृतिमन्त्री एवम् प्रदेश सांसद खिनु लङ्वा लिम्बुले भाषा विधेयकलाई अझ प्रभावकारी बनाउन केही त्रुटिहरू सच्याउनुपर्ने सुझाव दिइन् । उनले आफूहरूले प्रस्तुत गरेको गैरसरकारी विधेयकमा सिरिजङ्गा लिपि र याक्थुङ भाषा रहेको उल्लेख गरिन् ।
कार्यक्रममा पूर्व संघीय सांसद मीना सुब्बा, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, युमा साम्याे महासभा अध्यक्ष देवेन्द्र वनेम, मुन्धुम अध्ययन केन्द्रका अध्यक्ष उपप्रा. हर्क इजम, कियाचु नेपाल सङ्घीय उपाध्यक्ष डा. कमल तिगेला, उपमहासचिव डा. याेगेन्द्र पालुङ्वा, सङ्घीय सदस्य उत्तमकुमार लिङ्थेप, याक्थुङ चुम्लुङका केन्द्रीय सचिव दिल कमार सिरेङ, जसपा नेपाल धरान अध्यक्ष ताजुब लिम्बु, पहिचानवादी माेर्चाका सङ्घीय सदस्यहरू जेन्टल लाओती, झहरमान थुप्पुकाे थेवे लगायत थिए ।

त्यस्तै, लिम्बुवान अध्ययन केन्द्र विजयपुर च्याप्टर अध्यक्ष नरप्रसाद लुम्फुङ्वा, युमा साम्याेका अभियन्ता एवम् याक्थुङ सिरिजङ्गा युनिकोडका डेभलपर विरान इजम लिम्बु, लेक्चरर सुवास तेयुङ, वसन्ती थेवे, युमा लिम्बु, याक्थुङ लिम्बु हेरिटेज अर्काइभ्सका माेहन तिगेला, सुनिल थेगुवा, हितराम तिल्लिङ, सन्ताेष कुरुम्वाङ, पत्रकारहरू प्रदीप मेन्याङ्वाे, भाेजराज श्रेष्ठ, देवेन्द्र कार्की, निमा पाेङ्सुवा, राेहित कुलुङ, लक्ष्मी प्रधान, बिनु चेम्जोङ लगायतको सहभागिता रहेको थियोे । अधिकांश वक्ताले सिरिजङ्गा थेबेलाई ऐतिहासिक याेगदानका आधारमा राष्ट्रिय विभूति घाेषणा गराउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रम लेखक एवम् अनुसन्धाता अमित थेवेले सञ्चालन गरेका थिए । मेयर माबुहाङका अनुसार सिरिजङ्गा लिपिका आविष्कारक सिरिजङ्गा सिङ थेबेकाे स्मृति र सम्मानमा स्थापना हुन लागिरहेको अभिलेखालयमा सिरिजङ्गाका लेखाेट, सिरिजङ्गाका चेलाका लेखाेट, उनीबारे लेखिएका दस्तावेज सिरिजङ्गा लिपिका प्रयाेगकर्ताहरूकाे अभिलेख रहनेछ । विज्ञानालयमा सिरिजङ्गाकाे जीवनी झल्काउने चित्रकलाहरू पनि रहनेछन् । साे अभिलेखालय मङ्सिर महिनाबाट सञ्चालनमा आउनेछ ।
प्रदेशकै पर्यटकीय स्थल तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. २ मा निर्माण भएको चो?लुङ पर्कको ऐतिहासिकतालाई उजागर गर्न पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापना भएको कार्यकारी अधिकृत सन्ताेष घिमिरेले जानकारी दिए । सिरिजङ्गा लिपिकाे आविष्कार, विकास र प्रचार याङ्वरक थुम सिनाम-तेल्लकका सिरिजङ्गा सिं थेबेले गरेकाे इतिहासमा प्रशस्त उल्लेख भएको छ । लिपिकै प्रचारप्रसार गरेको आराेपमा सिक्किमका तत्कालीन शाषकहरूकाे आदेशमा ठछाङ लामाहरूले पश्चिम सिक्किमकाे मार्ताममा हत्या गरेका थिए । उनै सहिद सिरिजङ्गा सिं थेबेकाे स्मृति र सम्मानमा पाण्डुलिपि विज्ञानालय बनाउन लागिएको हाे ।




