लिम्बु पत्रकार सङ्घ सुनसरी अध्यक्षमा फाेम्वाे

१० मे, विजयपुर । लिम्बु पत्रकार सङ्घ सुनसरीको अध्यक्षमा स्वर्णिमहाङ फाेम्वाे निर्वाचित भएका छन् । सङ्घकाे चाैथाे जिल्ला अधिवेशनले फाेम्वाेलाई अध्यक्ष बनाएको हाे ।
शनिबार धरानको चुम्लुङ हिममा भएको अधिवेशनले अनलाइन मिडिया एसाेसिएसनका अध्यक्ष फाेम्वाेलाई अध्यक्ष चयन गरेको थियोे । उनी यसअघि दाेस्राे अधिवेशनबाट समेत अध्यक्ष बनेका थिए ।
अधिवेशनले गठन गरेको समितिकाे उपाध्यक्षमा मेरिना तुम्सा, सचिवमा टिना चोङबाङ, सहसचिवमा किरण थेबे छन् ।
सङ्घकाे काेषाध्यक्ष भने कार्य समितिले पछि मनोनित गर्ने छ । सदस्यहरूमा मनिहाङ लिम्बु, विनोद केदेम, जीवन केदेम र इन्द्र कुमार लिम्बु छन् ।
निर्वतमान अध्यक्ष कुशल कुरुम्भङकाे अध्यक्षतामा भएको अधिवेशन लिम्बु पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष सन्देश सुब्बाको प्रमुख आतिथ्यमा भएको थियोे । कार्यक्रममा सल्लाहकार एवम् वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, उपाध्यक्ष यसाेदा सेने, फाेनिज पूर्व उपाध्यक्ष भैरव आङ्ला, किरात राई पत्रकार संघका बसन्त बान्तवा,फोनिज सुनसरीका अध्यक्ष सुनील चौधरीको उपस्थिति रहको थियो ।