चाे?लुङ पार्कमा कविहरूकाे बृहत जमघट

५ अप्रिल, वसन्तपुर । तेह्रथुमको वसन्तपुरस्थित चाे?लुङ पार्कमा कविहरूकाे बृहत जमघट भएको छ । लालीगुराँस नगरपालिकाले आयोजना गरेको ‘चाे?लुङ साहित्यिक महाेत्सव’ मा दुई दर्जन बढी सर्जकहरूले आफ्नो सिर्जना समेत सुनाए ।
चर्चित कवि एवम् गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको महाेत्समा देशभरका प्रतिष्ठित सर्जकहरूकाे उपस्थिति रहेको थियोे । भाषा,साहित्य, कला र संस्कृतिकाे संरक्षणसँगै पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना भएको मेयर अर्जुनबाबु माबुहाङले बताए ।

महाेत्सवमा कवि श्रवण मुकारुङ, अर्जुनबाबु माबुहाङ, हाङयुग अज्ञात, प्रकाश थाम्सुहाङ, देवान किराती, स्वप्निल स्मृति, अभागी थेगुवा, दिलीप घिमिरे, डा. अस्मिता विष्ट, सुन्दर कुरुप, अमित थेवे, नवराज पराजुलीले कविता सुनाए । त्यस्तै, मनाेज तेयुङ, राजकुमार सुब्बा ‘अनिश्चित’, दीपक सापकोटा, सञ्जय तुम्बाहाङ्फे, राजकुमार तेयुङ ‘तरेबा’, अरुण बराल, देवेन्द्र खापुङ, सन्देश सुब्बा, गिरीराज बाँस्कोटा, लीला अनमाेल, अर्जुन पण्डित, उमेश कार्की, सभ्यता घिमिरे, विक्रम पाैडेल, राेशन गड्ताैलाले कविता वाचन गरे ।

लालीगुराँसकाे राजधानी भनेर चिनिने तीनजुरे-मिल्के-जलजले (टीएमजे) यस क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्छन् । यस क्षेत्रलाई नगरपालिकाले समेत संरक्षण गरिरहेकाे प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । कार्यक्रममा अधिकृत घिमिरेको स्वागत मन्तव्य थियो भने सञ्चालन लिला अनमोलको रहेको थियो ।
याक्थुङ मुन्धुम र इतिहासका खाेजकर्ता एवम् लेखक समेत रहेका मेयर माबोहाङले ०७५ मा स्थापित भएको चाे?लुङ पार्कलाई थप प्रबर्द्धनका लागि वृहत् साहित्य महोत्सव गरिएको बताए । स्मरण रहोस् ‘चाे?लुङ पार्क आदिवासी याक्थुङ समुदायको पहिचान, सँस्कृति र सभ्यता झल्काउने पार्क हाे । यसले आदिवासी र स्थानीय समुदायकाे पहिचानलाई झल्काएकाे छ । केही साताअघि मात्रै अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुने टाइम म्यागेजिनले सन् २०२५ को पर्यटकीय गन्तव्य १०० को सूचीभित्र ४२ ओैँ स्थानमा चो?लुङ पार्कलाई पनि राखेको छ । पूर्वमा सांस्कृतिक तथा धार्मिक पर्यटनकाे विकासकाे केन्द्र बनाउन, याक्थुङ लिम्बु जातिकाे आदिम सावा येहाङ सभ्यताकाे पुनर्ताजकीकरण गर्न चाे?लुङ पार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।