समाचार

परिवर्तनकारी दलका ट्रेड युनियनलाई पाखा लगाउने ठूला ट्रेड युनियनको कदम आपत्तिजनक : अध्यक्ष लम्साल

१ मे २०२४ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले ठूला दलसम्बद्ध ट्रेड युनियनहरुले यथास्थिति र प्रतिगमनकारी दल र तिनका ट्रेड युनियनसँग सहकार्य गर्ने तर परिवर्तनकारी शक्ति र तिनका ट्रेड युनियन महासंघलाई पाखा लगाउने काम गरेको प्रति गम्भीर आपत्ति जनाएका छ।

काठमाडौंमा आयोजित १३५ ओैं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महासंघका अध्यक्ष अर्जुन लम्सालले सो कुरा बताएका हुन् ।

अध्यक्ष लम्सालले श्रमिकका मुद्दा सम्बोधन गर्नका लागि सरोकारवाला सबै पक्षहरु एक हुनुको विकल्प नरहेको भन्दै त्यसका लागि समाजवादी ट्रेड युनियन महासंघले दबाबमूलक कार्यक्रम आयोजना गर्ने बताए ।

कार्यक्रममा महासंघका सह अध्यक्ष बिन्देश्वर यादव उपाध्यक्षहरु सोनाम लामा, सुरेश मोक्तान, रामविलास यादव, पूर्ण मोक्तानलगायतले श्रम दिवसको अवसरमा शुभकामना दिएका थिए । सो कार्यक्रमको सञ्चालन महासंघका महासचिव दयाराम राईले गरेका थिए 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button