NRNA Special

पढ्न आएको चार दिनमै निधन भएकी कमलाको परिवारलाई एनआरएनए यूकेले दियो १,७५२ पाउण्ड

लन्डन । बेलायत पढ्न आएको चार दिनमै निधन भएकी स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष प्रेम गाहामगरले अल्डरसटस्थित एनआरएनए यूके कार्यालयमा आइतबार कमलाका श्रीमान निरज गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष गाहामगरले स्वर्गीय कमलाको परिवारका लागि आर्थिक सहयोग गर्ने सबै दाताहरुप्रति आभार व्यक्त गरे । आफ्नो अनुरोधमा कयौं संघसंस्थाले चन्दा संकलन गरेकामा पनि उनले धन्यवाद दिए ।

गाहामगरले प्राकृतिक विपत्ति वा मानवीय घट्ना हुंदा बेलायतमा झण्डै ३३४ नेपाली संघसंस्था भएका र तिनले जनही १०० पाउण्डमात्र सहयोग गरे भने पनि ३३ हजार ४०० पाउण्ड संकलन हुने भएकाले सबैको एकीकृत पहल आवश्यक हुने बताए ।

उनले केही महिनाअघि बेलायतमै दिवंगत विद्यार्थी सदीक्षा तामाङको परिवारका लागि उठाइएको १० हजार ५०० पाउण्ड चन्दा सुनिलबाबु खड्काले रोकेर हस्तान्तरण हुन नसकेको भन्दै मानवीय र सामाजिक कार्यमा राजनीति नगर्न आग्रह पनि गरे ।

कमलाका श्रीमान निरजले आफूहरुलाई परेको अप्ठेरो समयमा बेलायतस्थित नेपाली समुदायबाट प्राप्त सहयोगका लागि सबैमा कृतज्ञता व्यक्त गरेका थिए । उनले अध्यक्ष गाहामगरले ‘लिड’ गरेर अप्रत्यासित चन्दा संकलन भएको भन्दै खुशी पनि व्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष अनिल मल्ल, आइसीसी सदस्य सुमन पुन, आइसीसी सदस्य शारदा गुरुङ, सदस्य तारा गर्बुजा मगर र निरजका भिनाजु रोइन्द्र गुरुङ उपस्थित थिए ।

स्वर्गीय गुरुङको परिवारलाई एनआरएनए यूकेबाहेक कोल्मा बहाकोट समाज यूके, तमु समाज यूके, स्याङ्जा समाज यूके, ग्रेटर रेडिङ नेपलिज सोसाइटी लगायत कयौं संघसंस्था तथा व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।

आइतबार कोल्मा बहाकोट समाज यूकेको नेतृत्वमा विभिन्न संघसंस्थाबाट संकलित ४४, ८३० पाउण्डमध्ये झण्डै ६ हजार पाउण्ड खर्च कटाएर बांकी रकम कमलाका श्रीमान निरजलाई हस्तान्तरण गरिएको छ ।

नेपालमा गण्डकी प्रदेश, स्याङ्जा बिरुवा गाउँपालिका– ४ ओरस्टे गाउँ निवासी कमला उच्चशिक्षा हासिल गर्ने सुन्दर सपना सांचेर बेलायत आएको केही दिनमै बिरामी परिन् । तर, दुर्भाग्य उपचारका क्रममा गत डिसेम्बर ३ तारिख रेडिङस्थित रोयल बर्कसायर अस्पतालमा उनको निधन भयो ।

स्वर्गीय कमलाको गुरुङ संस्कार अनुसार गत २७ डिसेम्बर बुधबार रेडिङस्थित क्याभरसम क्रिमेटोरियममा अन्त्येष्टि भइसकेको छ ।

एनआरएनए यूकेले संकलन गरेको चन्दा निम्न छः

१. एनआरएनए यूके कार्यसमिति ३११ पाउण्ड
२. सुनिता थापा, अध्यक्ष नेपलिज नर्सिङ एसोसिएसन यूके ३०० पाउण्ड
३. सुक सुनार, अध्यक्ष सृजनशील समाज यूके २५१ पाउण्ड
४. वीर बलाल, अध्यक्ष गुल्मी जिल्ला समाज यूके १०१ पाउण्ड
५. हरि कुमार मल्ल, अध्यक्ष गेसो ५० पाउण्ड
६. विष्णु गुरुङ, निवर्तमान अध्यक्ष तमुधिं लण्डन ब्रान्च ५० पाउण्ड
७. विक्रम भट्टाराई, अध्यक्ष शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टर अल्डरसट ३० पाउण्ड
८. मती प्रसाद पुन, अध्यक्ष राज्य परिषद वेल्स एनआरएनए यूके ५० पाउण्ड
९. डा. राघवप्रसाद धिताल, प्रमुख सल्लाहकार एनआरएनए यूके १०० पाउण्ड
१०. चित्र बहादुर गुरुङ, प्रमुख सल्लाहकार एनआरएनए यूके ३० पाउण्ड
११. वीर बहादुर थापा, प्रमुख सल्लाहकार एनआरएनए यूके ३० पाउण्ड
१२. डेभिड गुरुङ, संरक्षक एनआरएनए यूके २० पाउण्ड
१३. भरत रोका क्षेत्री, संरक्षक एनआरएनए यूके २० पाउण्ड
१४. काउन्सिलर नेम थापा २० पाउण्ड
१५. काउन्सिलर जीव बेलबासे १० पाउण्ड
१६. सुमन पुन, एनआरएनए आइसीसी सदस्य २५ पाउण्ड
१७ . ओम थापा काउचा, एनआरएनए आइसीसी सदस्य २१ पाउण्ड
१८. प्रवेश केसी, एनआरएनए आइसीसी सदस्य २५ पाउण्ड
१९. योगेन क्षेत्री, पूर्व अध्यक्ष एनआरएनए यूके २० पाउण्ड
२०. यम. भट्ट, सल्लाहकार एनआरएनए यूके १० पाउण्ड
२१. बी.राई, सल्लाहकार एनआरएनए यूके २५ पाउण्ड
२२. राजकुमार पुन, सल्लाहकार एनआरएनए यूके १५ पाउण्ड
२३. भरत लिम्बु, सल्लाहकार एनआरएनए यूके २५ पाउण्ड
२४. एच. गुरुङ+ एन. राई, सल्लाहकार एनआरएनए यूके ३१ पाउण्ड
२५. डी. मोहरा, सल्लाहकार एनआरएनए यूके १५ पाउण्ड
२६. प्रश्ना राई, सल्लाहकार एनआरएनए यूके २५ पाउण्ड
२७. बुद्धि गाहा, सल्लाहकार एनआरएनए यूके २५ पाउण्ड
२८. लाल पुन, (लालु) सल्लाहकार एनआरएनए यूके १५ पाउण्ड
२९. एमआर आले, सल्लाहकार एनआरएनए यूके २० पाउण्ड
३०. कृष्ण थापा, सल्लाहकार एनआरएनए यूके ३० पाउण्ड
३१. एल.गुरुङ, सल्लाहकार एनआरएनए यूके २५ पाउण्ड
३२. पी. शर्मा, सल्लाहकार एनआरएनए यूके २१ पाउण्ड
३३. चोक तामाङ, सल्लाहकार एनआरएनए यूके २१ पाउण्ड
जम्मा- १७५२ पाउण्ड

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button