समाचार

तीनकुने घटना प्रकरण : ४१ जना विरुद्ध पाँच दिन म्याद थप

काठमाडौँ, १७ चैत : यही चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।

पक्राउ परेका ४१ जना विरुद्ध विभिन्न मुद्दामा जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।

तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सङ्गठित तबरले आपराधिक घटना घटाएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button