NRNA Special

एनआरएनए युकेले मार्च ३ मा महिला दिवस मनाउने

लण्डन । प्रेम गाहामगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले यही मार्च ३ तारिखमा बेलायतमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ ।

अल्डरसटस्थित द प्यालेसमा हुने सो उक्त नारी दिवसको कार्यक्रममा दोस्रो पुस्ताका नेपाली युवा महिलाहरू ‘गोर्खा वुमन–एन इको इन द स्टोरी’ (इतिहासमा छाडिएका गोर्खा महिलाको मार्मिक कथा) नामक चित्रकला प्रदर्शनीसमेत गरिसकेकी वृत्तचित्र निर्माता एवं पत्रकार सुजाना थापा, बीबीसीको १०० प्रभावशाली महिला सूचीमा परेकी नेपाली चेली सपना रोका मगर र नेपालको टेलिभिजन पत्रकार रमा भण्डारी (रिया) लगायतका विशेष अतिथि रहने बताइएको छ ।

कार्यक्रमको संयोजकमा महिला संयोजक अमृता गिरी गजुरेल रहेकी छिन् ।

अन्य संघसंस्थाले आयोजना गर्ने भन्दा भिन्न किसिमको कार्यक्रम गरी हाम्रा आमा, दिदी बहिनीलाई उत्साहजनक सहभागी गराउने र उनीहरुमा प्रेरणा र सशक्तीकरणको विकास गर्ने लक्ष्य राखिएको अध्यक्ष प्रेम गाहाले बताएका छन् ।

कार्यक्रममा दिदीबहिनी, आमा, जीवसंगिनी र अन्य नेपालीरविदेशी चेलीहरुलाई सहभागी हुन आयोजकले अनुरोध गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button