NRNA Special

एनआरएनए कतारको १० औँ राष्ट्रीय अधिवेशनबाट सुनिल कुमार घिमिरेको अध्यक्षतामा नयाँनेतृत्व चयन

कतार,
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको १० औँ राष्ट्रीय अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ। डिसेम्बर १५, २०२३ शुक्रवारका दिन रयाडिसन ब्लु होटलमा भएको महाधिवेशनले सुनिल घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व समेत निर्वाचित गरेको हो ।

एनआरएनए एनसीसी कतारको उक्त महाधिवेशन नेपाली राजदूतावास कतारका कुटनीतिक नियोगका उपप्रमुख कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष द्वय उमेश पुडासैनी, थर्क बहादुर सेन र सल्लाहकार धरम केसीको क्रमशः विषेश आतिथ्यतामा सम्पन्न भएको हो ।

विभिन्न कठिनाईका बाबजूद पनि निवर्तमान अध्यक्ष सुरेश भट्टको नेतृत्वले सफलापूर्वक महाधिवेशन सम्पन्न गरेको छ। उहाँको नेतृत्वको कार्यसमितिलाइ एनआरएनए हार्दिक धन्यवाद ज्ञापन गर्दछ। साथै नव निर्वाचित अध्यक्ष सुनिल घिमिरे र कार्यसमितिलाइ सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्दछ।

यसै क्रममा महाधिवेशन र निवर्तमान अध्यक्ष सुरेश भट्टको तर्फबाट यस क्रममा साथ सहयोग र हौसला प्रदान गर्नूहने सबै, एनआरएनए आइसीसी नेतृत्व, संघका निवर्तमान प्रमुख संरक्षक डा. शेष घलेप्रति हार्दिक आभार प्रकट गरेको छ। साथै नयाँ निर्वाचित नेतृत्वको सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरेका थिए ।

निर्वाचन विधिद्वारा निर्बिरोध निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः एनआरएनए आइसीसी सदस्य सुरेश भट्ट आश्रिन (निवर्तमान अध्यक्ष एनआरएनए एनसीसी कतार), अध्यक्ष सुनिल कुमार घिमीरे, बरिष्ठ उपाध्यक्ष कल्याण थापा, बरिष्ठ उपाध्यक्ष मन्जु खनाल, उपाध्यक्ष सुर्य नारायण सापकोटा, उपाध्यक्ष सोम नाथ कडेल, महासचिब ध्रुब राज अधिकारी, सचिव पुष्प कोइराला, सचिव अरबिन्द चौधरी, सचिव अंकित श्रेष्ठ, कोषाध्यक्ष अजय श्रेष्ठ (कान्छा), सह कोषाध्क्ष जागिर आलम, युवा संयोजक प्रेम नेपाल (म्याक्स) सदस्यमा क्रमशः रिता पोखरेल, सदस्य सुस्मिता कोइराला, सदस्य जयशंकर शाह, सदस्य याम न्यौपाने चयन भएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button