समाचार

जसपाबाट समानुपातिकतर्फ बाँकेकी हसिना खान सांसद बन्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न लागेको हो ।

बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसिरहेकाे छ । जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा अन्सारीलाई पठाएको थियो । तर अन्सारीको पनि गत चैत ४ गते काठमाडौँको सिभिल अस्पतालमा निधन भएको थियो ।

बैठकले उपनिर्वाचनका विषयमा समेत निर्णय लिने प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button