समाचार

विद्यार्थीहरूलाई न्यानाे कपडा वितरण

५ जनवरी, पान्थर । पान्थरमा फरक क्षमता भएका १८ जना बिद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार फिदिम नगरपालिका वडा नं. ४ स्थित सुखबोध माविका विद्यार्थीहरूलाई वितरण गरिएको हो ।

फिदिम नगरपालिकाको समन्वयमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम पाँचथरले ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गरिएको शाखा प्रबन्धक सूर्य योङहाङ लिम्बुले बताए । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, प्रमुख प्रशासकीय अधिकृत प्रविनहाङ योङहाङ, माविका अध्यक्ष भिमाहाङमा सुब्बा, प्रधानाध्यापक लक्ष्मण बाँस्कोटा लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वीटर, टोपी र ब्लाङ्केट गरी ५० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको शाखा प्रमुख लिम्बुले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button