समाचार

जसपा लिम्बुवान राष्ट्रिय समितिकाे राजनैतिक प्रशिक्षण हुँदै

२८ डिसेम्बर, धरान ।  जसपा,नेपाल लिम्बुवान राष्ट्रिय समितिको राजनैतिक प्रशिक्षण धरानमा हुने भएको छ । पार्टीका मुख्य नेताहरूकाे उपस्थितिमा शनिबारदेखि प्रशिक्षण हुने भएको हाे ।

सुनसरी धरानको लाङघाली वन उपभोक्ता समूहको भवनमा जनता समाजवादी पार्टी,नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा आगामी पुस १४,१५ र १६ गते राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न हुने समितिका अध्यक्ष जेन्टल लाओतीले जनाए । उक्त कार्यक्रममा प्रदेश एवम् राष्ट्रिय समिति, जिल्ला र पालिका अध्यक्ष सचिव गरी १५० जनाको सहभागीता रहने उनले बताए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले विधान बारे, संगठनात्मक कार्य पद्धति, पार्टीको आदर्श, अरु पार्टी भन्दा हाम्रो पार्टी बिच के फरक छ, नारा (संघीयता, शुसासन, सामाजिक न्याय र समाजवाद ) र लिम्बुवान र उत्पीडित राष्ट्रियताको मुक्तिका सवालहरु, समाजवादको ऐतिहासिक पृष्ठभुमि र विकास क्रमबारे प्रशिक्षण दिनेछन् । त्यस्तै, नेता राजेन्द्र श्रेष्ठले संघवादका आधारभुत सिद्धान्त र समाजवादको नेपाली बाटोबारे बाेल्नेछन् ।

त्यस्तै, नेता रकम चेम्जोङले संगठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको आन्दोलनबारे, रणध्वोज कन्दङ्वाले पार्टी विधान र संगठानात्मक पद्धतिबारे, सुशीला श्रेष्ठले राजनीतिकमा लैङ्गिक सशक्तिकरण तथा युवा, विद्यार्थी र महिलाको भूमिकाबारे प्रशिक्षण दिनेछन् ।

त्यसैगरी, पर्शुराम बस्नेतले समानुपातिक समावेशीता र निर्वाचन सम्बन्धित कानुनहरुबारे, प्रा. डा. महेन्द्र लावतीले पार्टी निर्माण र विस्तारबारे, दिलेन्द्र कुरुम्बाङले लिम्बुवान प्रदेश निर्माणः इतिहास र औचित्यबारे, खगेन्द्र माखिमले प्रदेश न. १ को नामाकरणले उब्जाएको द्वन्द्व पहिचानमा आधारित १० प्लस १ प्रदेशको संरचना (अबको नेपालको आठौं प्रदेश, लिम्बुवान प्रदेश ) र पार्टी निर्माणको सवालबारे प्रशिक्षण दिने मुख्य सचिव केदार धिमालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button