युके विशेषसमाचार

आज अन्तिम र निर्णायक गोर्खा G – G वार्ता लण्डनमा हुदै Live video link

२२ नोभेम्बर २०२३, व्रिट्रिस गोर्खाको समान तलब, पेन्सन र सुविधाहरुको विषयमा जारी लामो आन्दोलन वार्ता मार्फत सम्बोधन गर्न तेस्रो मन्त्री स्तरिय सिधै नेपाल सरकार र ब्रिट्रिस सरकारको वार्ता हुदैछ ।

आज २२ नोभेम्बर २०२३ को दिन दिउसो ३ बजे लण्डनको ब्रिट्रिस रक्षा मन्त्रालयमा भेट्रान मन्त्री डा. एन्ड्रियू मरिसन, कर्णल अफ द गोर्खा रेजिमेन्टका हेड बिग्रेडियर डेभिड रबिन्सन लगायत वार्तामा सहभागी हुनेछन भने नेपाल एवं गोर्खाको तर्फबाट राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख, सैनिक सहचरी, परराष्ट्र मन्त्रालयको यूरोप अमेरिका हेर्ने डेस्कका एक ज्वाइन्ट सेक्रेटरी र गोर्खाको तर्फबाट प्रमुख वार्ताकारद्धय जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ त्यस्तै गरि आन्दोलनको तर्फबाट कृष्ण बहादुर राई सहभागी हुनेछन ।

वार्ताकारद्धय नेपाल सरकारले तोकेका हुन भने राई यस पटकको निमित्त वार्ताकार सदस्यको रुपमा जानेछन, प्रत्येक वार्तामा संयुक्त आन्दोलनको तर्फबाट पालैपालो एकजना जाने गरेका छन । यस अघि ज्ञानबहादुर राई, धन गुरुङ र पुष्पा राणा घले पनि वार्ता सदस्यको रुपमा सहभागी भईसकेका छन ।

यस अघि मन्त्रीस्तरिय वार्ता २ सेप्टेम्बर २०२२, १५ डिसेम्बर २०२२ मा भई सकेको छ भने यो तेस्रो मन्त्रीस्तरिय वार्ता हो र यसलाई निर्णायक बनाउने र अन्तिम बनाउने भनिएको छ । प्राविधिक वार्ता गत १९ अप्रिल र १५ जुनमा सम्पन्न भईसकेको छ ।

रक्षा मन्त्रालय भित्र वार्ता चलिरहदा शान्तिपूर्ण दबाब दिन मन्त्रालयको बाहिर सयौको संख्यामा गोर्खा र परिवार उपस्थित हुनेछन । यस पटक गोर्खा आन्दोलनको बिज रोप्ने पदम बहादुर गुरुङ पनि दबाबको निमित्त सहभागी हुने बताईएको छ ।

वार्ताको लाईभ प्रसारण नेपालीसमाचारले आफ्नो फेसबुक पेज, फेसबुक ग्रुपपेज र नेपालीसमाचारको युट्युब च्यानलबाट प्रत्येक्ष प्रसारण गर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button