NRNA Special

एनआरएनए वेल्सको सहकार्यमा एनआरएनए यूकेको कार्डिफमा दसैं

लण्डन-एनआरएनए यूकेले वेल्स राज्य समन्वय परिषदको सहकार्यमा कार्डिफमा दसैं विशेषकार्यक्रम गरेको छ ।

गत आइतबार पञ्चे बाजासहित सांस्कृतिक माहोलमा आयोजित कार्यक्रममा सयौं सहभागी थिए ।प्रवेशद्वारमा अतिथीहरुलाई पन्चेबाजा बजाउंदै स्वागत गरिएको थियो ।

एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका अध्यक्ष मोतिप्रसाद पुनको अध्यक्षतामा भएको उक्तकार्यक्रम प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र स्थानीय समाजसेवी झलकगर्बुजाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

मन्तव्यका क्रममा प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष गाहामगरले दसैं शुभकामना दिंदैकार्यक्रममा उत्साहजनक उपस्थितिका लागि सबैप्रति विशेष आभार ब्यक्त गरे । उनले नेपाली चाडपर्व र कला संस्कृतिको जगेर्नामा आफ्नो संस्था सधैं क्रियाशील रहने पनि बताए । एनआरएनए यूकेलेवेल्समा आफ्नो बेग्लै साम्राज्य खडा गरेको र यो झन् मजवुत बन्दै गएको उनको भनाइ थियो ।

कार्यक्रममा वेल्स राज्य समन्वय परिषदका अध्यक्ष मोतिप्रसाद पुन, एनआरएनए यूके उपाध्यक्ष अमृतघले, एनआरएनए यूके आइसीसी सदस्य ओमप्रसाद थापा, संरक्षक डेविड गुरुङ, एनआरएनएआइसीसी उपाध्यक्ष थर्क सेन, समाजसेवी झलक गर्बुजा लगायतले पनि शुभकामना दिएका थिए ।

धौलागिरी नौमति बाजा घन्किएको कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु देवी घर्ती र ईश्वरसिंहले आफ्नो प्रस्तुतिमार्फत धमाका मच्चाएका थिए । उनीहरुको गायनमा सहभागी मज्जाले नाचे ।

प्रवक्ता लक्ष्मी तामाङले संचालन गरेको कार्यक्रममा स्थानीय वेल्सवासी र इङल्यान्डका नेपालीकोसमेत उल्लेख्य सहभागिता थियो । कार्यक्रमका लागि एनआरएनए यूके केन्द्रिय पदाधिकारी पनिवेल्स पुगेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button