समाचार

पाँचथर सेवा समाज युकेको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

फार्न्बोरो, बेलायत — २३ अगस्ट २०२६

पाँचथर सेवा समाज यूकेको आयोजनामा बेलायतमा बसोबास गर्दै आएका पाँचथरवासीबीच भेटघाट, आत्मीयता आदानप्रदान तथा सम्मान कार्यक्रम फार्न्बोरोस्थित फुटबल क्लबमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

गत अगष्ट २३ तारिखको दिन सम्पन्न भेटघाट तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि अग्रज समाजसेवि रण बहादुर तावा र संस्थाका अध्यक्ष नगेन्द्रराज नेम्बाङले दिप जलन गरी कार्यक्रम सुभारम्भ गरिएको थियो।
उपाध्यक्ष लिला सेलिङ माबोले स्वागत मन्तब्य द्वारा सम्पूर्ण लाई स्वागत गर्नुभएको थियो।


कार्यक्रममा पाँचथर सेवा समाज यूकेका अध्यक्ष नगेन्द्र नेम्बाङ, उपाध्यक्ष लिला सेलिङ माबो, महासचिव पारु राई, सल्लाहकार तथा निवर्तमान अध्यक्ष शान्ति केसरी लिम्बू, पूर्व अध्यक्ष तथा सल्लाहकार नरवीर आङ्बो, पूर्व अध्यक्ष चन्द्र सुन्दास लगायत समाजका पदाधिकारी, सदस्य तथा पाँचथरवासीहरूको उपस्थिति रहेको थियो। पाँचथर जिल्लामा जन्म भई शैनिक परिवार तथा रोजगार अध्ययनको शिलशिलामा बेलायतमा बसोबास गरिरहनुहुने पाँचथर बासी हरुको ऊपस्थिति रहेको थियो।

कार्यक्रममा पाँचथरे कलाकारहरु राजेन्द्र केरुङ र दिपा सुहाङले आफ्नो सांगीतिक प्रस्तुतीबाट भरपुर मनोरन्जन दिलाएका थिए। कलाकारहरु लाई संस्थाको तर्फबाट मायाको चिनो प्रशंशा पत्र प्रदान गरिएको थियो।

कलाकार द्वयले पहिलो पटक यात्राका क्रममा बेलायत आईपुगेको र गृहजिल्लाका समुदायबाट प्राप्त माया, साथ, हौसला र आशीर्वादले आफूहरूलाई थप ऊर्जा मिलेको बताए। उनीहरूले कार्यक्रम आयोजना गरी सम्मान तथा आत्मीयता प्रदान गरेकोमा पाँचथर सेवा समाज यूके र सम्पूर्ण आयोजक टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।अध्यक्ष तथा सल्लाहकार शान्ती केशरी सेलिङले केहि समय अघि सम्पन्न पाँचथर कपमा सहभागी सहयोगीहरुको सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो।

यसअघि निर्धारित उक्त कार्यक्रम समाजका अध्यक्ष नगेन्द्रराज नेम्बाङका पूजनीय पिता कुबेरसिंह नेम्बाङको दुःखद निधनका कारण स्थगित गरिएको थियो। औपचारिक कार्यक्रमको अन्त्यमा सम्बोधन गर्दै स्थगित कार्यक्रमलाई बेलायत आएका पाँचथरे कलाकारद्वयलाई भेटघाट तथा सम्मान,हौशला प्रदान गर्नको निमित्त कार्यक्रम गर्नुपरेको सेवा समाजका अध्यक्ष नगेन्द्र नेम्बाङले बताउनुभयो।

कार्यक्रमको अन्त्यमा समाजका कोषाध्यक्ष शिखर सम्बाहाम्फे र दीपा योङ्याले भाग्यशाली चिठ्ठा खेलाउदैँ भाग्यपरीक्षण गरेका थिए भने औपचारिक कार्यक्रम समाजका महासचिव पारु राईले सन्चालन गर्नुभएको थियो। कार्यक्रमले बेलायतमा रहेका पाँचथरवासीबीच आपसी सम्बन्ध, आत्मीयता र सहकार्यलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा जिल्लावासी आमा–बुबा, दाजुभाइ, दिदीबहिनी तथा चेलीबेटीहरूले एकअर्कासँग भेटघाट गर्दै सुख–दुःख साटासाट गरेका थिए।

Related Articles

Back to top button