समाचार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ, १५ साउनः स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ ।

निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गएराति ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जवराले राससलाई जानकारी दिनुभयो ।

हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि ब्युरोले अभियुक्त भण्डारीलाई केहीबेरमा अदालतमा उपस्थित गराउन लागेको प्रवक्ता जबराले बताउनुभयो ।

Related Articles

Back to top button