पाँचथर सेवा समाज युएईको पहिलो अधिबेशन सम्पन्न राम योङ्हाङ को अध्यक्षतामा ३३ सदस्यिय समिति गठन

२२ जुलाई,युएई
८ सेक्टेम्बर २०२४ मा पाँचथर सेवा समाज युएईले तदर्थ समिति चयन गरेता पनि अधिवेशन चाही मिति २०२६ जुलाई ५ आईतवारको दिन दुबई स्थित होटल नाङ्लो रेष्टुरेन्टको हलमा भएको पाँचथर सेवा समाज युएईको पहिलो अधिवेशन समापन भएको छ उक्त अधिवेशनमा तदर्थ समितिका अध्यक्ष राम योङहाङ बैदारे ठुले द्वारा सभापतित्व गरेका थिए भने प्रमुख अतिथि नेपाली समाज युएईका राम माेक्तान ,विशिष्ट अतिथि , संघीय लिम्बुवान सामाजिक मञ्च युएईका बिक्रम वाजिहाङ ,श्रम सास्कृती प्रवास युएईका , बेता घिसिङ उपस्थिति रहेकाे थियाे ।
भने
अथितीहरुमा ताप्लेजुङ सेवा समाज युएई,झापाली सेवा समाज युएई,सुनसरी सेवा समाज युएई ,मोरङ सुनसरी सेवा समाज युएई,पथरी सनिश्चरे समाज युएई, किरात याक्थुम चुम्लुङ युएई , किरात राई यायोख्खा युएई किराँत धर्म तथा साहित्य उत्थान समाज युएई, युमा साम्यो महासभा युएई जन्य संघ,सस्था र सङ्गठनलाई आमन्त्रित गरिएको थियो उक्त अधिवेशनमा मुख्यतय अधिवेशन सम्योजक किरात याक्थुङ चुम्लुङ युएईका पुर्व अध्यक्ष श्री कमल बहादुर लावती ज्युले गर्नु भएको थियो उक्त अधिवेशन खुला सत्रमा कार्यक्रम सन्चालनमा भिम अधिकारी ज्युले गर्नुभएको थियो उक्त अधिवेशनमा युएईमा रहनुहुने पाँचथर वासी दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थित रहेको थियो साथै विभिन्न संघ सस्थाहरुले पाँचथर सेवा समाज युएईलाई शुभकामना साथै आउने दिनहरुमा सहकार्य गरेर अगाडि बड्ने प्रतिबद्धता जनाउनु भएको थियो भने शुभकामना मनतब्य अधिवेशन सम्योजक ज्युले राख्नु भएको थियो ।

पाँचथर जिल्लाको संक्षिप्त्त भुगोल,जनसंख्या ,स्थानीय व्यापार प्रवर्द्धन शिक्षा,विकास बारे सिमाना र पर्यटकीय स्थल ,आर्थिक श्रोतबारे श्री आईन्द्र विक्रम वाजिहाङले सबैलाई जानकारी गराउनु भएको थियो उक्त अधिवेशनमा सम्पुर्ण उपस्थिति हरुलाई खानपिनको ब्याबस्था गरिएको थियो साथै खुलासत्र सकेपछि अधिवेशन सभापति द्वारा तदर्थ समिति भङ्ग गराई बन्दसत्र सुरु भएको थियो बन्द सत्र कार्यक्रम सन्चालन श्री पवन माबो ज्युले गर्नुभएको थियो उक्त बन्दसत्र बाट सबैको सर्वसहमतमा २६/२८ कार्यकालको लागि निर्वाचित ३३ सदस्यीय कार्यसमिति चयन गरीयो साथै अधिवेशन सम्योजक ज्यु बाट सम्पुर्ण निर्वाचित पदाधिकारी साथै सदस्य ज्युहरुलाई सपथग्रहण गराई निर्वाचित पदीय प्रमाण हस्तान्तरण गर्नुभएको थियो ।

अध्यक्ष – राम योङहाङ (बैदारे ठुले),बरिस्ठ उपध्यक्ष- रनिता बेघा,उपध्यक्ष – लक्की बेघा ,उपध्यक्ष – अमर फियाक,उपध्यक्ष – विराज केरुङ (मायालु कान्छा),उपध्यक्ष- राम कुमार योङहाङ ,महिला उपध्यक्ष – लिला तमु,महिला उपध्यक्ष – बलमाया गुरुङ ,महासचिव – टिना गुरुङ,सचिव – नारायण चाम्लिङ राई ,कोषअध्यक्ष – पवन माबो ,सह-कोषअध्यक्ष – नवीन योङहाङ,सदस्यहरु – अनिता ईङ्नाम, बिरेन्द्र फियाक
,दिपक लिम्बू ,सरु बेघा, दिलिपहाङ आङ्देम्बे,अविना सम्महाम्फे (आङ्देम्बे),कन्चन लावती ईन्द्र गुरुङ,कमल ताम्लिङ, बिपलब योङहाङ,अनु गुरुङ, निर्मला गुरुङ ,कमला योङहाङ ,धनमाया गुरुङ,अनिल सुहाङ ,लिला पालुङ्वा रमेश लावती, रन्जना न्यौपाने, स्विकार चाम्लिङ राई,
धन कुमार राई ,रविन नेपाली चयन भएका छन्।





