स्थानीय

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

काठमाडौं । जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको केन्द्रीय समितिमा पदाधिकारी तथा सदस्यहरु मनोनित गरिएको छ ।

फाउन्डेशनका नव निर्वाचित अध्यक्ष डा. यादव पण्डितले संघको विधानले दिएको अधिकार प्रयोग गरेर कार्यसमिति विस्तार गरेका हुन् । फाउन्डेशनको विधान अनुसार अध्यक्ष पदमा मात्रै निर्वाचन हुँदा पण्डित सर्वसम्मत चयन भएका थिए । उनले मनोनित गरेका पदाधिकारीहरुमा अमेरिकाबाट महासचिव पदमा अग्नि चौलागाईं, कोषाध्यक्षमा गोविन्द श्रेष्ठ र प्रवक्तामा लाल प्रसाद काफ्ले रहेका छन् । यसैगरी, फाउन्डेशनको ग्लोबल नेटवर्कतर्फ पनि विभिन्न जिम्मेवारी तोकेको छ । ग्लोबल नलेज नेटवर्कको जिम्मेवारी डा. निरज श्रेष्ठ, ग्लोबल युथ नेटवर्कको मदनराज पौडेल, ग्लोबल महिला नेटवर्कको बिनिता अधिकारी र ग्लोबल स्पिरिटुअल वेलनेस नेटवर्कको नेतृत्व अर्जुन सिग्देललाई सुम्पिएको अध्यक्ष पण्डितले जानकारी दिए । ग्लोबल मिडिया नेटवर्कको छिट्टै पुनर्गठन गरिने छ।

फाउन्डेशनका केन्द्रीय सदस्यहरुमा विभिन्न देशबाट प्रतिनिधित्व हुने गरी मनोनयन गरिएको पनि डा. पण्डितले बताए ।

उन्डेशनका केन्द्रीय सदस्यहरुमा अष्ट्रेलियाबाट डा. देवराज पौडेल र अरुण कुमार ठाकुर तथा नेपालबाट रंजित कर्ण, केशव शिंह, राजीव ढुंगाना, महेन्द्र प्रसाद कंडेल र प्रेम राज पौडेल रहेका छन् । त्यसैगरी, साउदी अरेबियाबाट राजु सयद, कतारबाट नरेन्द्र भाट, बेलायतबाट लोक गुरुङ तथा क्यानडाबाट चन्दा अधिकारी र अशोक यादव केन्द्रीय सदस्यमा मनोनित भएका छन् । यस्तै, अमेरिकाबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा बाबुराम (बीआर) लामा, दिलु पराजुली, टेक के.सी, भोजराज घिमिरे, एक देव शर्मा, हरिहर पौडेल, रामजी मरासिनी, दिनबन्धु भट्ट र शिव राज पौडेल मनोनित भएका छन् । फाउन्डेशनले चाँडै थप सदस्यहरु समेत मनोनयन गरी समितिलाई पूर्णता दिने जनाएको छ ।

गत जुन १३ – १४ तारिखमा भर्चुएल माध्यमबाट सम्पन्न फाउन्डेशनको पहिलो वार्षिक अधिवेशनले डा. पण्डितलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको थियो । फाउन्डेशन अन्तर्गत ग्लोबल नलेज नेटवर्क, विभिन्न विभाग तथा संसारभर ३३ ओटा च्याप्टरहरुले सक्रियतापूर्वक काम गरिरहेका छन् । नवनिर्वाचित अध्यक्ष डा. पण्डितका अनुसार संसारभरि छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा जोड्ने र उनीहरुसँग रहेको सीप, अनुभव, श्रोत र संजाललाई मातृभूमि नेपालको हित र उन्नतिमा उपयोग गर्ने मुख्य उद्देश्यका साथ फाउन्डेशन स्थापना गरिएको हो । उनले साझा उद्देश्य प्राप्तिका लागि डायस्पोरामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग आगामी दिनमा सहकार्य र हातेमालो गर्दै अघि बढ्न फाउन्डेशन प्रतिबद्ध रहेको समेत प्रष्ट पारेका छन् ।

Related Articles

Back to top button