असमावेशी संविधानको आयु लामो हुदैनः प्रोफेसर लावती

१९ सेप्टेम्बर २०२० का दिन एक कार्यक्रममा वेष्टन मिचिगन यूनिभर्सिटीका प्रोफेसर महेन्द्र लावतीले असमावेशी संविधानको आयु लामो नहुने बताए ।

नेपालको संविधान (२०७२) को पाचौ संविधान दिवसलाई विरोध गदैं आयोजना गरिएको भर्चुवल कार्यक्रममा प्रोफेसर डाक्टर लावतीले सो कुरा बताएका हुन । नेपालको राज्य पूर्नसंरचना ७ प्रदेशको सट्टा १० प्रदेश भईदिएको भए चुनावी परिणाम अहिलेको भन्दा फरक हुनेकुरा बताए । त्यस्तैगरि राजनैतिक विश्लेशक श्याम श्रेष्ठले अहिलेको समावेशी तथ्याङ्क प्रस्तुत गर्नुहुदै सरकारले संविधानको धज्जी उडाएको तर्क पेस गरे । त्यस्तैगरि अर्का विश्लेशक हरि शर्माले कष्टिच्युसनल डेमोक्रेसीलाई टेकेर पपुलिष्ट लिडरशिप संस्कारको विकास र विकृतिले प्रजातन्त्र खतरामा परेको औल्याए । प्राप्त प्रजातन्त्रलाई गलत रुपबाट उपयोग तथा उपभोग गर्दा जनगुनासो र असन्तुष्टि बढेको कारण गुम्ने सक्ने चिन्ता ब्यक्त गरे । अर्की वक्ता मोहना अन्सारीले महिलाहरुले भोग्नु परेको समस्याको बारेमा बोल्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय समितिद्धारा आयोजित कार्यक्रमलाई दर्जनौ सोसलमिडियाहरुले प्रत्येक्ष प्रसारण गरेका थिए । कार्यक्रमको अध्यक्षता जगतराम वारामले गरेका थिए भने संचालन उपाध्यक्ष गोविन्द छन्त्यालले गरेका थिए ।