एनआरएनए संरक्षकमा घलेद्धारा अस्वीकारः एनआरएनए पदाधिकारी हुन फौजदारी कसुर नभएको हुनुपर्ने माग

लण्डन, गत १४ जुन २०२६ का दिन सम्पन्न गैर आवासी नेपाली संघ, अन्तर्राष्ट्रय समन्वय परिषदको दोस्रो बैठकले संरक्षक परिषद घोषणा गरेको छ ।
१३ र १४ जुनमा बसेको बैठकले संरक्षक परिषद घोषणा गरेको हो । सरक्षकहरुमा क्रमशः सस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, महेश कुमार श्रेष्ठ, डा. बद्री केसी र एनआरएनएका परिकलपनाकार भिम उदास । सो परिषद घोषणा अगावै अध्यक्ष डा. हेमराज शर्माले पूर्व अध्यक्ष शेष घलेलाई ्संरक्षक रहिदिन आग्रह गरेको तर अस्वीकार गर्नुभएको जानकारी गराए । एनआरएनएको विधान अनुसार संरक्षक परिषदमा ५ जना मात्र रहेने ब्यवस्था छ ।

सल्लाहकारमा नेपाल सम्बन्धि विज्ञ अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर डेविड गेल्नरलाई सर्वसम्मत मनोनयन गरेको छ । नेपालको बृहत महाधिवेशनको वेला उम्मेदवारी दिएका र प्रकृया पुगेकाहरुको सम्बन्धमा अध्ययन गरि केही पदाधिकारीहरुको चयन गरेको छ । चयन हुनेमा सचिव पदमा नेदरल्याण्डका सबु पौडेल, कतारका पदम गिरी, युरोप क्षेत्रिय उपसंयोजकमा सुरेश पुन (डेनमार्क), सहकोषाध्यक्षमा मिन श्रेष्ठ (फ्रान्स), एशिया क्षेत्रिय संयोजकमा आरके महत्तो (मलेशिया) र आईसिसि सदस्यहरुमा रेम्स खनाल (माल्टा), सत्य झा (माल्टा) र दिनेश अर्याल (माल्टा) रहेका छन् ।
बैठकमा राजनीतिमा सक्रिय ब्यक्तिलाई एनआरएनएको पदाधिकारीमा चयन नगर्ने नीतिको उपाध्यक्ष रामशरण सिम्खडाले प्रतिवाद गरे भने अर्का उपाध्यक्ष विश्वास दीप तिगेलाले फौजदारी कसुरमा दोषी देखिएकाहरुलाई निर्वाचनको बखत उम्मेदवारी बन्न दिन नहुने प्रस्ताव गरे । एनआरएनए भित्र धेरै राम्रा काम गरेका, सफल ब्यक्तित्वहरु रहेको तथापी एकाध ब्यक्तिहरु मानव तस्कर, श्रम शोषण लगायतको विषयमा ओरोपितहरु जिम्मेवारीमा रहदा एनआरएनएको उचाई घटेको बताए । सम्भवतः एनआरएनएमा फौजदारी कसुर गरेका वा कसुर आरोपितहरुलाई निर्वाचन ताका उम्मेदवार बन्न नपाउने ब्यवस्था गर्नपर्ने माग सम्भवतः पहिलो पटक उठेको हो ।




