समाचार

विनेसाम पश्चिमा शाखा यूकेले त्रैमासिक गोष्ठीमा नारी सम्बन्धि रचना वाचन गरि सप्पन्न


विश्व नेपाली साहित्य महासङ्घ, पश्चिमा शाखा यूकेले हरेक ३ महिनामा नियमित त्रैमासिक गोष्ठी राख्नेमा यस पटक पनि शाखाको त्रैमासिक बैठकमा ढिलो भए पनि विश्व महिला दिवसको अवसर पारेर यहीँ मार्च २२ तारिख आइतबारका दिन साहित्यक माहोलमा भर्चुअल रूपमा सप्पन्न गरेको छ।

शाखाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष डेन्जोम साम्पाङ, विशेष अतिथिमा केन्द्रिय महा सचिब देविका मगरान्ती राई, उपाध्यक्ष सुनिता कन्दङ्वा लगायत अन्य संघ सस्थाबाट लाल लिम्बू, बिएफ्बीएसका प्रोग्राम प्रीन्सिपल योगराज राई लगायतका अतिथिहरुकोको उपस्थिति रहेको थियो।

कार्यक्रम सन्चालन साखाकी उपसचिव गंगा भन्डारीले गरेकी थिइन भने उपाध्यक्ष शान्ति लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन। संरक्षक डा. सुमाया रााईले कार्यक्रमको महत्व र औचित्यको बारेमा आफ्नो गहकिलो भनाइ राख्दै नारी दिवस कहिले देखि मनाउदै आएको र इतिहासमा महिलाको अवस्था र वर्तमान सम्ममा आइपुग्दाको परिवर्तन सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको घोषणा क्लारा जेट्किन्सको चर्चा गर्दै नेपाल लगायत अन्तर्राष्ट्रिय विभिन्न देशका महिलाहरुको भुमिका कसरी फड्को मार्न सफल भए भनि रोचक जानकारीका साथ आफ्नो भनाइ राखेकी थिइन।

कार्यक्रममा सर्जकले सके सम्म नारी सम्बन्धि अथवा जुनसुकै थिम, संरचना, भावमा भएपनि आफ्नो रचना वाचनका लागि बढीमा तीन मिनेट समय उपलब्ध गराइएको थियो।

उपस्थित अतिथिहरुले शुभकामना तथा रचना वाचन गरेका थिए। रचना वाचन गर्नेमा देविका मगरान्ती राई (नारी समानता), शान्ति लिम्बू (किन किनारिइन्छ आमाहरुलाई), देवी आले (नारी पुरुष फरक छैनन्), सुनिता कन्दङ्वा (छोरीमा नै स्त्री), सेमन्त राई (मुक्तक आमा), प्रीन्स याख्खा प्यासी (निमोठिदाको गुनासो), कमला गुरुङ (आमालाई चिट्ठी), रीता देवी प्रधान (नारी भएकै कारण), राजेन्द्र राई (शुभकामना) गङ्गा भन्डारी (आमालाई सम्झिदै) र गोमा राना (नारीको महिमा) । प्रमुख अतिथि साम्पाङ र विशेष अतिथिहरुले सकारात्मक रुपमा मानव दिवस मानाउन पाइयोस। हरेक क्षेत्र राजनैतिक, आर्थिक, शैक्षिक रोजगारमा समानताको शुभकामना ब्यक्त गरेका थिए।

अन्त्यमा अध्यक्ष लाल सुन्दर राईले शान्ति मायाको श्रीमान वियोगमा घटेको मार्मिक कथाको कुरा र आफ्नो भनाइ राख्दै सबै अतिथिहरु र शाखाका सदस्य्हरुलाई कार्यक्रम सफल पार्न अहोरात्र सहयोग गर्नु हुनेलाइ धन्यवाद प्रकट गरेका थिए।

Related Articles

Back to top button

This will close in 0 seconds