समाचार

कियाचुकाे बाह्रौं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

२४ मार्च, झापा । याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु)को १२ औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते हुने भएको छ। संस्थाले आज चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशन बारे जानकारी दिएको हो ।

झापाको भद्रपुर स्थित मेची रंगशालाअगाडिको खुल्ला मैदानमा हुने कार्यक्रमको उद्घाटन चैत १२ गते हुनेछ । कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संस्थापक उपाध्यक्ष,पूर्व शान्ति तथा पुननिर्माण मन्त्री रकम चेम्जोङ रहने किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष निरन्ती तुम्बापोले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
उद्द्घाटनको दिन लिम्बु जातिको सांस्कृतिक पहिचान झल्किने भेषभुषा,केःलाङ लगायतका साँस्कृतिक झाँकी सहित बजार परिक्रमा गरिनेछ ।

सोही अवसरमा लिम्बूवानका ९ वटा जिल्लासहित उपत्यकाका तीन जिल्ला र ओखलढुङगा,कास्की पोखरा र चितवन गरी १५ जिल्लाका प्रतिनिधीहरु र पर्यवेक्षकहरूको उपस्थिति रहने विज्ञप्तीमा उल्लेख छ । साथै प्रदेश नं. १ का लिम्बुवान प्रदेश कार्यसमिति ,बागमती प्रदेशको नेवा ताम्सालिङ प्रदेश कार्य समिति, ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेशस्थित चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु गरी करिब ५ सय जना यस कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

त्यस्तै चैत्र १३ र १४ गते सगरमाथा चोकस्थित होटल डेग्लोको सभाहलमा सन्चालन हुने कार्यक्रमको बन्दसत्रमा मुकुम्लङ संरक्षण, नो केबलकार,प्रदेश १ लाई लिम्बुवान किरात नामाङ्करण, नो कोशी तथा लिम्बु याक्थुङ भाषाको वर्तमान अवस्था, प्रदेश नम्बर एकमा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यन्वयन, लिम्बु समुदायको मृत्यु संस्कार,परम्परा,विचलन र प्रभावहरू, आदिवासी संस्था र ऐन कानुन सम्बन्धमा छलफल हुने पनि महाचिव तुम्बापोले जानकारी गराइन् ।

किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यसमितिको आयोजना,तथा किरात याक्थुङ चुम्लुङ झापाको व्यवस्थापन र किरात याक्थुङ चुम्लुङ भद्रपुरको सह-व्यवस्थापनमा महाधिवेशन सम्पन्न हुने चुम्लुङ झापाका अघ्यक्ष सेसेहाङ फियाकले जानकारी दिए ।

Related Articles

Back to top button