समाचार
धनकुटामा श्रम संस्कृति पार्टीले लियो अग्रता,पछ्याउंदै एमाले

धनकुटा,२२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा श्रम संस्कृति पार्टीका सान बहादुर राईले अग्रता लिएका छन् ।
सुरुवाती अग्रता बनाएका नेकपा एमालेका राजेन्द्र राई दोस्रो स्थानमा छन् ।
साँगुरीगढी वडा नम्बर १,२,३,४ र ५ को मतगणना सम्पन्न हुँदा सान बहादुर राईले १ हजार ५ सय ८० मत प्राप्त गरेका छन् । एमालेका राजेन्द्र कुमार राईले १ हजार ४० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले ७३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले १४४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले २५ मत पाएका छन् ।




