स्थानीय
धनकुटाको पाख्रिबासमा करेन्ट लागेर १४ बर्षिय बालकको मृत्यु

धनकुटा,२ पुष । धनकुटाको पाख्रिबासमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको पाख्रिबास नगरपालिका ५ चौतारा स्थित जंगलमा आज बिहान करिब ९ बजे गैरी गाँउ बस्ने लोक बहादुर तामाङको छोरा १४ बर्षिय छोरा बादल तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
दाउरा काट्न जंगल गएका बालकको विद्युतको पोलको सपोर्ट तारबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको प्रारम्भिक अनुसन्धान पश्चात मृतक तामाङको लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।




