अन्तर्राष्ट्रिय

हमासले सार्वजनिक गर्‍यो ४८ बन्दीहरूको ‘बिदाई तस्बिर’, नेपालका विपिन जोशीको तस्बिर पनि समावेश

एजेन्सी । हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’ सार्वजनिक गरेको छ, जसमा नेपाली विपिन जोशीको तस्बिर पनि समावेश गरिएको छ। हमासले इजरायलको तीव्र स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन खतरामा परेको दाबी गरेको छ।

सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ र सबैलाई ‘रोन अराड’ भनेर सम्बोधन गरिएको छ। यो इजरायलका एक हराइएका सैनिक पाइलटसँग तुलना गरिएको संकेत हो।

इजरायली सेनाले गाजा सिटी नियन्त्रणमा लिने आक्रमण तीव्र पारिरहेका बेला यो तस्वीर सार्वजनिक गरिएको हो।

इजरायलले अझै करिब २० बन्दी जीवितै रहेको दाबी गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संख्या २० भन्दा कम हुन सक्ने बताएका छन्। नेतान्याहूले भने हमाससँग सम्झौता नगरी युद्ध जारी राख्ने अडान दोहोर्याएका छन्।

Related Articles

Back to top button